नेप्सेमा ११.५८ अंकको बृद्धि, कारोबार ५ अर्बमा सिमित

-



     सफल आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ असोज । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । कारोबार रकममा भने उल्लेख्य बढोत्तरी हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ विन्दुमा पुगेको छ । नेप्सेमा ०.४४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५० अंकले बढेर ४६३.४३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल ३२५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिएचडिसि हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २७ करोड ८० लाख २७ हजार ७१५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.६५ प्रतिशतले बढेको छ ।