सानिमा रिलायन्स लाइफकाे एजिएम असाेज २३ मा तय

-



     सफल आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असाेज । सानिमा रिलायन्स लाइफ इन्स्याेरन्सको साधारण सभा असोज २३ गते डाकिएकाे छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गरिने भएकाे छ । 

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गरिने भएकेा छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानकाे हिसाब, वित्तीय अवश्था लगायतका विषयमा छलफल गरिने छ ।

भासबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । संस्थापक समूहको तर्फबाट सञ्चालकको नियुक्ति गरिनेछ ।

साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने भएकाे छ । कम्पनीकाे बाेनस पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले असोज १० गतेसम्म कायम सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

साधारण सभा, आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।