
काठमाडौं, ७ असाेज । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रूपैयाँ ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोलबाट रूपैयाँ २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।
कार्यालयका अनुसार यसदिन ९१ दिनकाे लागि रूपैयाँ ५ अर्ब बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल हुँदैछ । यसका लागि दिउँसो ३ बजेसम्म अनलाइनबाट सहभागी हुन पाइने छ । यसकाे निष्कासन भाेलि हुनेछ ।
भदौ ३१ गते पनि १८२ दिनकाे ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम भएकाे थियाे । यसाे हुँदा ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०२ प्रतिशत थियो ।
बैंकमा तरलता थुप्रिएपछि सरकारी ऋणपत्रको ब्याजदर पनि घटेकाे छ । वित्तीय प्रणालीमा तरलता बढेकाे र ब्याजदर कम भएको बेलामा सरकारले आन्तरिक ऋण उठाइरहेकाे छ ।
चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका ट्रेजरी बिलको बोलकबोलबाट रूपैयाँ २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । असोज मसान्तसम्म सरकारले थप १० अर्बको ट्रेजरी बिल जारी गर्ने सूची बनाएकाे छ ।
सरकारले चालु वर्षमा रूपैयाँ ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकाे छ। रूपैयाँ २ खर्ब १७ अर्ब वैदेशिक ऋण हुनेछ।
यस आर्थिक वर्षमा रूपैयाँ ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकाेमा भदौ मसान्तसम्ममा रूपैयाँ १ खर्ब ४ अर्ब ५ करोड ऋण आएकाे छ । भदौमा रूपैयाँ ९० अर्ब आन्तरिक ऋण र रूपैयाँ १४ अर्ब ५ करोड बाह्य ऋण आएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




