सुनकाे भाउमा फेरि नयाँ रेकर्ड: तोलाको १ लाख ६० हजार

-



     सफल आवाज    
     असाेज ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ असोज । सुनको भाउ दिनदिनै बढिरहेको छ । आज सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ ।

साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ रुपैयाँ ५ सयले बढेको छ । चाँदीको भाउमा रुपैयाँ ५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जनाएको हाे भने चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।