सुनमा दिनदिनै उच्च रेकर्ड, तोलाको १ लाख ६० हजार ४ सय

-



     सफल आवाज    
     असाेज ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ असोज । चाडवाड नजिकिएसंगै सुनचाँदीको भाउ उकालो लागेको लाग्यै छ । आज सुनचाँदीको भाउ बढेर अर्काे नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले बढेकाे जनाएको छ । चाँदीमा पनि रुपैयाँ ४० ले बृद्धि भएको जानकारी गराएकाे छ ।

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।