
काठमाडाैं, १० असाेज । इकाईधनीहरुका लागि दुईवटा कम्पनी र तथा चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ।
लाभांश वितरणकाे प्रयोजनका लागि एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ शुक्रबार बुकक्लोज गर्ने भएकाेले आजसम्म लाांश सुरक्षित गरिसक्नु पर्नेछ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्ने भएकाे छ । साहस उर्जाले असोज १३ गते बुकक्लोज गर्ने जनाएकाे छ।
एनएमबि ५० ले १५ प्रतिशत लाभांश दिने भएकाे छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशतका नगद लाभांश वितरणकाे घोषणा गरेको जनाएकाे छ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ इकाईधनीहरुलाई ५ प्रतिशत लाभांश दिने भएकाे छ । नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गते अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौँमा सातौँ साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
साहस उर्जाले कात्तिक ४ गते, आइतबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।








काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै… 




