शेयर बजारमा सबैभन्दा धेरै लाभांश दिने कंपनी बन्याे युनिलिभर

-



     सफल आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० असाेज । युनिलिभर नेपालले आकर्षक लाभांश दिने भएकाे छ । कम्पनीले प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश दिने भएको हाे ।

कम्पनीको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि १ हजार ७ सय १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हाे । युनिलिभर नेपाल नेपालकाे शेयर बजारमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनी हाे ।

कम्पनीले लाभांश वितरणकाे घोषणासँगै कार्तिक १२ गते साधारणसभा आह्वान बाेलाएकाे छ । यसकाे प्रयोजनका लागि असोज २८ देखि कार्तिक १२ गतेसम्म बुकक्लोज गर्ने भएकाे छ ।

युनिलिभर नेपाल नेपाल स्टक एक्सचेन्जकाे दोस्रो कारोबार हुने बजारमा सबैभन्दा महँगो कम्पनी हो । यसकाे सेयर प्रतिकित्ता ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको छ ।