
काठमाडाैं, १० असाेज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएकाे छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा रूपैयाँ १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको जनाएकाे हाे । याे अघिल्लाे वर्षको सोही अवधिकोभन्दा १८ प्रतिशतले धेरै हो ।
गत वर्ष साउनमा अघिल्लो वर्षकोभन्दा २२.८ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अमेरिकी डलरमा याे १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षमा ८७ करोड ९८ लाख थियाे ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेहरूकाे संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९ हजार १५२ र १६ हजार ४२३ थियो ।








काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै… 




