नेप्सेमा ३२.८१ अंकको गिरावट, करिब ५ अर्बको कारोबार

- अपि पावर कम्पनी कारोबारमा अब्बल

-



     सफल आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० असोज । अघिल्लो दिन सकारात्मक बनेको सेयर बजार साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पुनः ओरालोको यात्रामा गएको छ ।

चालु आर्थिक वर्षमा बनेको नयाँ गठबन्धनको सरकारका अर्थमन्त्री विष्णु पोखरलेलको अर्थमन्त्रीमा सपथ ग्रहण भएको भोलिपल्न देखिनै उकालो लागेको नेप्से ३० अर्बको कारोबारसम्म पुगेर फेरि ओरालाे लागेको छ ।

फाट्टफुट्ट सकारात्मक बनेपनि पछिल्ला दिनहरुमा अधिक सूचाकांकहरु राताम्मै बन्दै आएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको छ । नेप्सेमा १.३० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३२२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार २२४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्रिन भेन्चर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।