सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी

-



     सफल आवाज    
     असाेज ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ असाेज । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन। बि.सं २०६४ सालमा बैंककाे स्थापनादेखि सिटिजन्स बैंकमा आबद्ध उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका थिए। 

तनँहुमा जन्मेका अधिकारीसँग २० वर्षको बैङ्किङ अनुभव रहेको छ। त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्। उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेसन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका थिए।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।