आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।