नेप्सेमा २२.३६ अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ असोज । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले घटेर ४४४.८९ विन्दुमा रहेको छ ।

यसदिन एउटा बाहेक सबै उपसमूहहरुमा रातो लागेको छ । कुल ३२७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयरको कारोबारबाट ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८ सय २० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर स्यांगे हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।