कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     असाेज १४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १४ असोज । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंगलबार, असोज १५ गते बुक क्लोज हुन बताएकाे छ ।

शेयरधनीहरूले लाभांश पाउनका लागि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् भने लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।

बैंककाे १८ औँ वार्षिक साधारण सभा असोज ३० गते लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा डाकिएकाे छ । सभा बिहान साढे १० बजे बेालाइएकाे छ ।

सभाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांशसहित १२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।

यस्तै सभामा अग्राधिकार शेयर जारी गरेर प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि जिम्मेवारि सञ्चालक समितिलाई दिने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरू पेश हुने भएका छन् ।