हाथवे इन्भेष्टमेन्टले साधारण सभा बोलायो

-



     सफल आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ असाेज । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेकाे हाे ।

कम्पनीकाे १६ औँ वार्षिक साधारण सभा कात्तिक २५ गते आम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान १० बजे डाकिएकाे छ ।

सभाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांशसहित १०‍.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कात्तिक ७ गते बुकक्लोज गर्ने जानकारी गराएकाे छ। यसका लागि कात्तिक ६ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।