सुपर मादी हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     असाेज १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ असोज । सुपर मादी हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज भएपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।

कम्पनीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको जनाएकाे छ। शेयरमूल्य समायोजन गरेपछि प्रतिकित्ता शेयरमूल्य ५७८ रुपैयाँ १० पैसा रहेकाे छ।

नेप्सेका अनुसार अन्तिम कारोबार भएकाे मूल्यका आधारमा शेयरमूल्य समायोजन गरिएकाे हाे ।अन्तिम कारोबार प्रतिकित्ता ६०७ रुपैयाँमा भएको थियो । अब आइतबार समायोजन भएकाे मूल्यकाे आधारमा शेयर कारोबार खुला हुनेछ।

सुपर मादी हाइड्रोपावरले कात्तिक ५ गते पन्ध्रौँ वार्षिक साधारण सभा डाकेकाे छ । होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बोलाइएको सभा पूर्वान्ह ११ बजे शुरु हुने जनाइएकाे छ।

सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रूपैयाँ ५५ लाख २६ हजार ३१६ बराबरको नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।