बिहिबार सुनचाँदीको भाउमा सामान्य बृद्धि

-



     सफल आवाज    
     असाेज १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।