
काठमाडौं, १८ असाेज । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि अरुण भ्याली हाइड्रोपावरले साधारण सभा बाेलाएकाे छ । कम्पनीले २७औं साधारण सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाएकाे छ ।
सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर तथा ०.१५७ प्रतिशत नगद लाभांशसहित ३.१५७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।
सभाका लागि आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेण्डाहरु रहेका छन् । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र निजकाे पारिश्रमिक ताकिने भएकाे छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने बताएकाे छ । लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले कात्तिक ६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरि कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




