सुनमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ६१ हजार ३ सय

-



     सफल आवाज    
     असाेज १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ असोज । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको जनाएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।