लाभांश पारित गर्न अपि पावरले डाक्याे एजिएम

-



     सफल आवाज    
     असाेज १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ असाेज । अपि पावर कम्पनीले साधरण सभा र बुक क्लोजको मिति ताेकेकाे छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेर साधरण सभा र बुक क्लोजको नयाँ मिति ताेकेकाे जनाएकाे छ ।

कम्पनीका अनुसार कात्तिक ११ गते साधारण डाकिएकाे छ । साथै कात्तिक २ गते बुकक्लोज हुने बताएकाे छ । विद्युत नियमन आयोगले यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश अस्वीकृत गरेपछि कात्तिक १ गते डाकिएकाे साधारण सभा स्थगित गरिएकाे थियो । 

कम्पनीले आ.व.२०८१-०८१ को खुद मुनाफाबाट ५ प्रतिशत बोनस सेयर तथा ०.२६३२ प्रतिशत नगद लाभांशसहित ५.२६३२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेको छ ।

शुरूमा ९ प्रतिशत वोनस सेयर तथा ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियो । विद्युत नियमन आयोगले साे अस्वीकार गरेपछि लाभांश वितरणका लागि ताेकिएकाे साधारण सभा राेकिएकाे थियो । 

कम्पनीले रूपैयाँ २४ करोड ५९ लाख ५२ हजार ९२ जगेडा कोषमा राख्ने भएकाे छ । साधारण सभाकाे प्रयोजनका लागि कात्तिक २ गते बुकक्लाेज हुने भएकाे छ ।