ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

-



     सफल आवाज    
     असाेज २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ असाेज । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पूँजी समायोजन कोषबाट ५.५ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।

बैंकको हिजाे बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत बोनस दिने घाेषणा गरेकाे हाे ।  सञ्चालक समितिले गरेकाे साे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंककाे आगामी १८ औं वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने छ ।