
काठमाडौं, २३ असाेज । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हाे ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । समितिले प्रस्ताव गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सानिमा बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ ।
बैंकले हाल कायम रहेकाे रूपैयाँ १३ अर्ब ५८ करोड १५ लाख चुक्ता पुँजीबाट साे लाभांश प्रस्ताव गरेको हो । गएकाे वर्षमा बैंकले ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत लाभांशसहित १४.७० प्रतिशत लाभांश दिएकाे थियो ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




