ग्लोबल आइएमई बैंक र माइजोई बिच रेमिटेन्स पठाउनेबारे सम्झौतामा हस्ताक्षर

-



     सफल आवाज    
     असाेज २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ असाेज । ग्लाेबल आइएमई बैंक र संयुक्त अरब इमिरेट्सकाे माइजोईबीच त्यहाँबाट नेपालमा सहज र सरल रुपले रेमिटेन्स पठाउने बारेमा एउटा सम्झौतामा हस्ताक्षर भएकाे छ ।

सम्झौतामा रोजगारको क्रममा रहेका नेपालीहरुले युएइकाे माइ जोईको रेमिटेन्स एपबाट सजिलै नेपालमा रेमिटेन्स पठाउन सक्ने जनाइएकाे छ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइजोई राम्राे डिजिटल प्लेटफर्म रेहेकोले वित्तीय समावेसिकरणका लागि भएकाे साझेदारीबाट उत्साह थपिएकाे बताए ।

माइजोई स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वामित्वकाे कमपनी हाे । यसले नवप्रवर्तन र फिनटेकको माध्यमले कुनैपनि देशमा रेमिटेन्स पठाउने सुविधा दिइरहेकाे छ । जसले प्रत्येक व्यक्तिलाई वित्तीय समावेशीकरणमा जाेड दिएकाे छ ।

बैंकका अनुसार युएईबाट ग्लोबल रेमिटबाट पठाएको पैसा ग्लोबल आइएमई बैंकका देशभरका शाखाहरु तथा आइएमई लिमिटेडका ५० हजार बढी एजेन्टहरुबाट भुक्तानी लिन पाइनेछ ।