
काठमाडौं, २५ असाेज । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौंमा दशैँ भोज सुरु भएको छ ।
दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् ।
होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही पोखरामा दिउँसो साढेँ १२ देखि तीन बजेसम्म बफे लन्च चल्नेछ ।
पोखरामा लागि प्रति सेटको शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौँमा भेज सेटको लागि १ हजार ८ सय रुपैयाँ र ननभेज सेटको लागि २ हजार रुपैयाँ तोकिएको छ।
दशैंमा बाहिर गएर रमाइलो गरौँ भन्नेहरूका साथै पर्यटकहरूलाई लक्षित गर्दै होटल वाराहीले यस वर्ष दशैं भोज आयोजना गरिएको थापाले जानकारी दिए ।
बाराही ग्रुप अन्तर्गत चितवनको मेघौलीमा वातावरण मैत्री लक्जरी रिजोर्ट, चार तारे स्तरको होटल वाराही काठमाडौँ र चार तारे होटल बाराही पोखरा सञ्चालनमा छन् ।
पोखरामा सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच एन्ड बार र व्यञ्जन रेस्टुरेन्ट पनि वाराही ग्रुप अन्तर्गत नै सञ्चालनमा छन् । पोखराकै सेदीमा बाराहीको पाँच तारे होटल निर्माणाधीन छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




