नेप्से सामान्य अंकले बढ्याे, ७ अर्ब १९ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । दसैं बिदापछि खुलेको नेपाली सेयर बजारमा सकारात्मक लयले निरन्तरता पाएको छ ।
आज पनि सेयर बजार उकालोको यात्रामा गएको छ ।

असोज महिनाको सकारात्मक बिदाई र कात्तिक महिनाको पहिलो दिनको सकारात्मक लयले अब सेयर बजारमा सुधारको संकेत देखिएको होकि भन्ने आकलन गरिएको छ ।

सेयर बजारमा सधैं स्थिर खालको स्थिति नहुने भएकोले घटबढ भईरहने यसको प्रकृति नै भएको जानकारहरू बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज सामान्य ढंगले बढेको छ भने कारोबार अघिल्लो दिनको तुलनामा बढेको छ ।

नेप्सेमा २.४७ अंकको बृद्धि भएर २७४५.३६ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.३१ अंकदे बढेर ४९५.३० विन्दुमा पुगेको छ ।यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी ७ वटा उपसमूहहरुमा हरियो लागेको छ ।

कुल ३१६ कम्पनीहरुको सेयर कारोबार भएको छ। उनीहरुको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँ ८६ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३३ करोड १३ लाख ९० हजार १८५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुडवील फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ७.६३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर स्याँगे हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ ।