
पोखरा, ३ कात्तिक । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन । संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई २०८१ कातिक १ गतेबाट लाग हुनेगरि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढिको अनुभव संगालेका खड्का यसअघि काठमाडौ बुढानिलकण्ठको मातृभुमी लघुवित्त वित्तिय संस्था लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

त्यसअघि उनले पोखरामा रहेको साबिकको स्पर्श लघुबितको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापुर्वक निभाएका थिए । सो संस्थाको मर्जरपछि उनी ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
लघुबित्त क्षेत्रमा कुशल नेतृत्वकर्ता र इमान्दार ब्यक्तित्वकाे छवी बनाएका युवा बैकर खड्का एनएमबि लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि संस्थाले थप सफलता हासिल गर्ने सञ्चालक समितिले बिश्वास लिएको बताइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




