नेप्सेमा छायो हरियाली, ४ अर्ब १७ करोडमा खुम्चियाे कारोबार

-



     सफल आवाज    
     कार्तिक ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ ।
सेयर बजारमा छाएको हरियाली वतावरणले लगानीकर्ताहरु उत्साही भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा रहेको छ । नेप्सेमा ०.९८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेर ४८०.७१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरु सर्बैमा हरियाली छाएको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयरको कारोबारबाट ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुडवील फाइनान्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ३२ लाख ४१ हजार ४६४ रुपैयाँ २० पैसा बराबरको करोबार भएको छ ।

सबैभन्दा धेरै रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ४.७५ प्रतिशतले घटेको छ ।