
काठमाडौं, ८ कात्तिक । गरिमा विकास बैंककाे खुद नाफा बढेकाे छ । बैंककाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरणा अनुसार बैंकले रूपैयाँ २२ करोड ५७ लाख खुद नाफा गरेकाे हाे ।
बैंकले कमाएकाे याे नाफा गत वर्षको साेहि अवधिकाेभन्दा १२ प्रतिशतले धेरै हाे । गएकाे वर्षमा गरिमाले रूपैयाँ २० करोड १५ लाख खुद नाफा गरेकाे थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेकाे छ । यही नाफाकाे कारणा खुद नाफामा राम्राे सुधार भएको हो । असोज महिनासम्म खुद ब्याज आम्दानी ११.०८ प्रतिशत रहेकाे छ । सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेको छ ।
इम्पेयरमेन्ट चार्ज ३५ करोडबाट बढेर रूपैयाँ ३७ करोड भएकाे छ। खराब कर्जा ३.८२ प्रतिशत रहेकाे छ । गएकाे वर्षमा याे २.६८ प्रतिशत थियाे । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७१ पैसामा बढेर १५ रुपैयाँ ९० पैसा भएको छ । नेटवर्थ १६२.०७ रुपैयाँ रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




