
काठमाडाैं, ९ कात्तिक । हिमालयन लघुवित्त वित्तीय संस्थाकाे खुद नाफामा बृद्धि भएकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा १ हजार १४३ प्रतिशतले बढेकाे छ ।
संस्थाले चालु आर्थिक वर्षको असोजसम्म रूपैयाँ १ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा १ हजार १४३ प्रतिशतले धेरै हाे । गएकाे वर्षमा याे नाफा रूपैयाँ १० लाख थियाे ।
संस्थाकाे खुद ब्याज आम्दानी बढेको छ भने इम्पेरमेन्ट चार्ज घटेकाकाे छ । यसैकाे कारण खुद नाफामा राम्राे सुधार भएकाे जनाइएकाे छ ।
खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेको छ । खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी १७.७७ प्रतिशतले बढेकाे छ भने सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशतले बढेको छ।
प्रतिशेयर आम्दानी पनि बढेकाे छ । जाे १५ रुपैयाँ ५२ पैसामा बढेर १६ रुपैयाँ ८८ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ५६.३३ गुणा रहेको छ । नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा छ।
संस्थाकाे चुक्ता पूँजीरूपैयाँ ३१ करोड ९८ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा रूपैयाँ १५ करोड ८९ लाख रुपैयाँ छ। असोज मसान्तसम्ममा संस्थाले रूपैयाँ ४ अर्ब ४६ करोड निक्षेप सकलन गरेकाे ५ । सापटीबाट रुपैयाँ ४ अर्ब २८ करोड कर्जा लगानी गरेको जनाइएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




