अहिलेसम्मकै धेरै लाभांश वितरण गर्दै युनिलिभर, भाेलि एजिएम

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । युनिलिभर नेपालले अहिलेसम्मकै धेरै लाभांश वितरण गर्ने भएकाे छ । यसका लागि कम्पनीले सोमबार भाेलि कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा डाकेकाे छ ।

कम्पनीका अनुसार साधारण सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह साढे ४ बजे डाकिएकाे छ । सभाबाट १७ सय १४ प्रतिशत नगद लाभांश वितरणकाे प्रु्ताव अनुमाेदन गरिने भएकाे छ ।

युनिलिभर नेपालले वितरण गर्न फागेकाे याे नगद लाभांश अहिलेसम्मकै बढी हो ।   

साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदन पेश गरिनेछ । साथै नाफा नोक्सान, नगद प्रवाह लगायतका एजेन्डा रहेका छन् ।

साधारण सभाकाे प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेकाे थियाे । साे मिति अगाडीसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनी सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।