सुनमा फेरि नयाँ रेकर्ड-तोलाको १ लाख ६७ हजार ४ सय

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय वित्त बजारमा परेको प्रभावको कारण यहाँ पनि सुनचाँदीको भाउमा असर गरेको हो ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ रूपैयाँ १४ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा यसदिन रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६७ हजार ४ सय पुगेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५ ले बढेर तोलाको २ हजार ८५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको २ हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।