लाभांश पारित गर्न सानिमा बैंकले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित



काठमाडाै‌, ११ कात्तिक । सानिमा बैंकले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि प्रस्ताव गरिएकाे साे लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारण सभा डाकेकाे हाे ।

साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्त्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विभिन्न विषयहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ । 

बैंकले साधारण सभाकाे प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्ने भएकाे छ । सभामा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरूले कात्तिक २१ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

यही कात्तिक २२ गते सार्वजनिक विदा परेको छ । २३ गते शुक्रबार र २४ गते शनिबार भएकाेले शेयर बजार बन्द हुनेछ । तसर्थ कात्तिक २१ गतेसम्म कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभा‌शका हकदार हुनेछन् ।