नेप्सेमा ९.१९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा रहेको छ । नेप्सेमा ०.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा भने रातो लागेको छ ।

कुल ३२० कम्पनीहरुको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँ ९३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आईसिएफसि फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ८५ हजार ६१८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ६.७९ प्रतिशतले घटेको छ ।