सोमबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ केहि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी मासंघले छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ६७ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि आईतबार छापावाल सुनकाे भाउ बढेर तोलाको १ लाख ६७ हजार ४ सय पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको २ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।