काठमाडौं, १२ कात्तिक। साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा हरियाली छाएकोे छ । शेयर बजारमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह जागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.४१ अंकले बढेको छ । यसरी बढेको नेप्से २६४५.३६ विन्दुमा पुगेको छ । नेप्सेमा १.०४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले बढेर ४७२.९५ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ भने कुल ३०७ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ३४ करोड ४८ हजार ९ सय १२ रुपैयाँ ४८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार ५१८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ६.०२ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




