नेप्सेमा ४६.६९ अंकको बृद्धि, ६ अर्ब १२ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । लागातार दोश्रो दिन पनि शेयर बजार उकालोको यात्रामा गएको छ । यसले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।

साताको शेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार नेपाली शेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताको मनोबल बढाएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । नेप्सेमा १ं७६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३३ अंकले बढेर ४८१.२८ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उसपमूहहरुमा हरियाली छाएको छ । कुल ३१९ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३३ लाख ७६ हजार ४८१ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ ३३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २४ करोड ७१ लाख ५९ हजार ३६३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६ को शेयरमूल्य घटेको छ । सो शेयरमूल्य १.९५ प्रतिशतले घटेको हो ।