
काठमाडौं, १४ कात्तिक । सुनचाँदीको भाउ बृद्धि हुने क्रम रोकिएको छैन । लगातार बढ्दै आएको सुनचाँदीको भाउले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज व्यवसायको इतिहासमै सुनचाँदीको भाउको रेकर्ड उच्च भएको जनाएको छ ।

महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २२ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले भाउ बढेको छ ।
छापावाल सुनमा रुपैयाँ २२ सयले बढेर तोलाको १ लाख ७० हजार ७ सय कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको २ हजार १२० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




