नेप्सेमा १४.४३ अंकको गिरावट, झण्डै ६ अर्बको कारोबार

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा करेक्सन भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४३ अंकले घटेको छ । यसरी घटेको नेप्से २६७७.६२ विन्दुमा रहेको छ । नेप्सेमा ०.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेर ४७८.८२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । यसदिन कुल ३०५ कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ ५९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड १५ लाख ९७ हजार ५०५ रुपैयाँ ५९ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।