
राजविराज (सप्तरी), १५ कात्तिक । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ ।
राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितका ४० वटा बिक्रीकक्ष रहने जनाइएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा हुने महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा रु ६४ लाख खर्च हुने अनुमान गरिएको छ । तिहारमा विभिन्न ठाउँबाट आफ्नो गाउँघर आएका युवा, विद्यार्थी र नगरवासी तथा जिल्लावासीको मनोरञ्जन र सप्तरीको पहिचानलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




