बलेफी हाइड्रोकाे शतप्रतिशत हकप्रद शेयर खुल्दै

-



     सफल आवाज    
     कार्तिक १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि बुक क्लोजकाे मिति तय गरेको जनाएकाे छ ।

हकप्रद सेयर बिक्रीकाे प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएकाे हाे । यसका लागि शेयरधनीहरूले कात्तिक २० गतेसम्म सेयर काराेबार गरेकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरूले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । 

सेबाेनले बलेफी हाइड्रोपावरलाई रूपैयाँ १ अर्ब ८२ करोड ७९ लाख ७० हजार बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर खुलाउन स्वीकृति दिएकाे छ ।  

कम्पनीका अनुसार बैंककाे ऋण तिर्नका लागि हकप्रद शेयर खुलाउन लागिएकाे हाे । यसमा आयोजना प्रभावितको १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारणको सामूहिक लगानी कोष र कर्मचारीहरु गरेर १८ लाख २७ हजार ९७० कित्ता रहेकाे छ । साथै कम्पनीका संस्थापकहरुको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता रहेको छ ।