
काठमाडौं, १८ कात्तिक । एनएलजी इन्स्याेरेन्सले हकप्रद सेयर बिक्री गर्न लागेकाे छ । कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि बुक क्लोज मिति ताेकेकाे छ ।
कम्पनीले जनाए अनुसार हकप्रद सेयर बिक्रीकाे प्रयोजनार्थ यहि कात्तिक २७ गते बुक क्लोज गर्ने जनाकाे छ । हकप्रद सुरक्षात गर्नका लागि शेयरधनीहररूले कात्तिक २६ गतेसम्म नेप्सेका शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
कम्पनीका अनुसार १०ः६.२५६ काे रेसियाेमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री गरिने भएकाे छ । कम्पनीले सेयर निष्कासन तथा बिक्रीका लागि लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएकाे छ ।
कम्पनीको चुक्ता पुँजी रूपैयाँ १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रहेको छ । सेयर बिक्री गरेपछि चुक्ता पुँजी रूपैयाँ २ अर्ब ४२ करोड २३ लाख पुग्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




