सुनमा रु २ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

बिहिबार एकैदिन रुपैयाँ ४ हजारले बढेको सुनको भाउमा आज रुपैयाँ आज रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सो दिन सुनमा रुपैयाँ ४ हजारले घटेको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।