
काठमाडाैं, २५ कात्तिक । सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीका अनुसार साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार, कात्तिक २६ गते बुकक्लोज गरिने भएकाे छ ।
लगानीकर्ताहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू नै याेग्य मानिनेछन् ।
कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर तथा ०.२५ प्रतिशतका नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरण गर्नेछ । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न मंसिर १४ गते साधारण सभा डाकिएकाे छ ।
कम्पनीकाे चौथो साधारण सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा डाकिएकाे छ । सभा बिहान ९ बजेदेखि सुरू हुनेछ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




