डिप्रोक्स लघुवित्तको ५२ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा

-



     सफल आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संस्थापक एक शेयरधनीले ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । शेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

शेयर खरिद गर्न चाहने डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले प्राथमिकता पाउनेछन् । यसैका लागि संस्थाले सूचना पनि जारी गरेकाे छ । 

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको कात्तिक २५ गतेदेखि ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौमा लिन चाहेकाे कित्ता र कति मूल्यमा लिने हाे साे काे व्यहोरा खुलाई आवेदन दिन सकिने छ । 

संस्थाले ताेकेकाे अवधिमा लिखित जानकारी नपाएमा अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री गरिने जनाइएकाे छ ।