आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ करोबार ?

-



     सफल आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाादीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा २० दे घटेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।