एनएमबि लघुवित्त नाफामा, अन्य सूचक कस्ता ?

-



     सफल आवाज    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । एनएमबि लघुवित्त वित्तीय संस्थाले नाफा कमाएकाे छ । संस्थाकाे प्रकाशित भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफामा गएकाे हाे । गएकाे वर्ष साेहि अवधिमा घाटामा थियाे ।

यस वर्षको पहिलो तीन महिनामा संस्थाले रुपैयाँ ७१ लाख ५४ हजार नाफा गरेकाे छ। गएकाे आर्थिक वर्ष सोही अवधिकाे नाफा रुपेयाँ ४ करोड ७३ लाख थियो।

ब्याज आम्दानी बढेपछि संस्थाकाे खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । खुद ब्याज आम्दानी ४०.८६ प्रतिशत रहेकाे छ । खुद फि तथा कमिशन आम्दानी १८.४६ प्रतिशत रहेकाे ५ ।

संस्थाकाे कुल सञ्चालन आम्दानी ३७.९९ प्रतिशतले बढेको छ। सञ्चालन मुनाफा चालु आर्थिक वर्षमा ७१ लाख ३९ हजार रुपैयाँ धनात्मक भएको छ। गएकाे वर्ष याे रुपैयाँ ४ करोड ७० लाख ऋणात्मक थियाे ।

प्रतिशेयर आम्दानी पनि बढेर ३ रुपैयाँ ९७ पैसा रहेको छ । नेटवर्थ १३० रुपैयाँ २४ पैसा छ भने मूल्य आम्दानी रेसियाे १८१.८६ गुणा छ।

संस्थाकाे चुक्ता पूँजी रुपैयाँ ७२ करोड १४ लाख छ । जगेडा कोषमा रुपैयाँ २१ करोड ८१ लाख रुपैयाँ रहेकाे छ। यस अवधिमा रुपैयाँ ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप रहेकाे जनाइएकाे छ । सापटीबाट रुपैयाँ ५ अर्ब ४९ करोड कर्जा प्रवाह गरिएकाे छ।