
पोखरा, १ मंसिर । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका स्नातक तहका विद्यार्थीलाई शनिबार पोखरामा स्वागत तथा अभिमुखिकरण गरिएको छ ।
कलेजमा बीएचएम, बीबीए र बीबीए फाइनान्समा अध्ययनरत विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कर्मा गुरुङ, कृष्ण थापा, अनिल सुवेदी, सत्रुघन केसी, नारायण द्वा, सफल मिडिया हाउसका प्रमुख दुर्गा प्रसाद हुमागाई, कलेजका विभागीय प्रमुख, शिक्षक लगायतले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
बीएचएम, बीबीए तथा बीबीए फाईनान्सका १८० विद्यार्थी तथा उनीहरुका अभिभावक, पाहुनासहित करिब ४ सयको संख्यामा रहेका सबैले शिक्षा, व्यवहारिक, व्यावसायिक तथा जिवनोपयोगी परामर्श लिए । उनीहरुलाई काठमाडौंबाट निम्त्याईएका मोटिभेशनल स्पिकर रञ्जित आचार्यले जिवनोपयाेगी परामर्श दिएका थिए ।

कार्यक्रममा सहभागिलाई कलेजका अध्यक्ष अशोक पालिखेले स्वागत गर्दै पोखरालाई शिक्षाको हब बनाउन, पर्यटन विकासमा टेवा पुर्याउन, दक्ष जनशक्तिको उत्पादन गर्न र देशमै स्वरोजगार बनाउने उदेश्यले १९९९ मा कलेज स्थापना गरिएको बताए ।
कलेजले २५ औं वर्षगाँठको अवसरमा विभिन्न सिर्जनात्मक, शैक्षिक परामर्श, तालिम, कलेज बाहिरका प्रतियोगिताहरु र नतिजामा उत्कृष्टता हासिल गर्दै आएकोमा खुसि व्यक्त गरे ।
अध्यक्ष पालिखेले ११५ जना संचालकहरु जुटेर सानो कटेजबाट शुरु गरिएको कलेज अहिले नेपालकै सुविधा सम्पन्न कलेज र उत्कृष्ट कलेजको रुपमा स्थापित हुनु प्रतिवद्ध शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरुको साथले सम्भब भएको बताए ।
पालिखेले भने, हालसम्म कलेजबाट १८ सय विद्यार्थी पास भएर स्वदेश तथा विदेशका फाईब, सेभेन स्टार होटलहरुमा काम गरिरहेको कुरा सुनाउन पाउँदा गर्व लाग्ने गरेको छ ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले हामीले आफ्नो तर्फबाट शिक्षा, प्रयोगात्मक अध्ययन, कुनैपनि प्रकारको व्यवस्थापन, सिर्जनात्मक कार्यहरु, तालिम वा प्रतियोगिताहरुमा कम्प्रोमाइज नगरेको बताए ।

रेग्मीले छोराछोरीहरु कलेजमा गएका छन् । पढिरहेका छन् भनेर नबस्न अभिभावकहरुलाई आग्रह गरे । हामीसंगको समयबाहेकको समयमा उनीहरुले के गरिरहेका छन् भनेर सरकात्मक निगरानीको खाँचो भएको औंल्याए ।
प्रिन्सिपल रेग्मीले भने, अब त उनीहरु व्याचलर पढ्ने भए भनेर नबस्नुस्, कलेजमा बेला बेलामा आउनुस्, बुझ्नुस् । हाम्रा फेकल्टि प्रमुखहरुहरु हुनुहुन्छ उहाँहरुसंग बुझ्नुस् । अध्यक्ष पालिखे सरसंग वा म प्रिन्सिपल पनि यही नै हुन्छु ढुक्कले आउनुस् छलफल गरौं । यसो गर्दा झन् सामिप्यता बढ्छ र केही समस्या भएको खण्डमा समाधान गर्न सजिलो हुन्छ ।
कलेजमा भर्ना वा तालिम नै किन नहोस् खुलेको तीन चार घन्टामै सिट प्याक भयो भन्नुपर्ने अवस्था छ । यसमा हामीलाई दुःख पनि लागिरहेको छ । किनभने अधिकभन्दा अधिक विद्यार्थीलाई पढाउन पाए हुन्थ्यो । तर सिट लिमिटेसनको कारण चाहिने संख्या पुग्दा भर्ना बन्द गर्नुपर्ने हुन्छ ।
हामीकहाँ भर्नाको बेलामा पनि विद्यार्थीको मात्रै होईन अभिभावकको पनि अन्तरवार्ता हुन्छ । सबै कुरा खुलस्त पार्ने संस्कार कलेजमा बसालेका छौं, रेग्मीले भने ।
कार्यक्रममा कि स्पिकर रञ्जित आचार्यले मान्छे बन्नका लागि असल गुणको आवश्यक्ता पर्ने भएकोले जिवनमा प्रगति गर्नका लागि तपाँईले के चाहनु भएको छ त्यसैमा दत्तचित्त भएर लाग्न सुझाए । इच्छा के हो ? पत्ता लगाउनस् । जब तपाँईले आफुलाई चिन्न हुन्छ त्यसपछि तपाँईले सफलता प्राप्त गर्न सक्नुहुनेछ । जहिले पनि नाई भन्ने होईन । हुन्छ वा म सक्छु भनेर अगाडी बढ्ने हो । जो यथास्थितिमा रहन खोज्छ उ पछि पर्छ र कसैले उछिनेर अगाडी जान्छ ।
आफैले आफैलाई च्यालेन्ज गर्नुस्, मोटिभेटर आचार्यले भने, सफलताका लागि धैर्यता, प्रतिवद्धता र कमिटमेन्ट गर्ने बानिको विकास गर्नुस् । आचार्यले परिवर्तनका लागि आफैं तयार हुनुपर्ने, अनुशासनमा रहनुपर्ने तथा सधैं उत्कृष्टताको लक्ष्य लिनुपर्ने बताए । कलेजका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्जु कुँवरले संचालन गरेकी थिईन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




