
काठमाडाैं, २ मंसिर । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवर्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ व्यवस्थित लगानी योजना खुल्लामुखी सामुहिक लगानी कोष योजनाको आकार १ अर्ब नाघेको छ।
याे योजना २०७८ असार १६ गतेबाट २० करोडबाट सुरु भएको थियो । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९,००० इकाईधनीहरु आवद्ध रहेका छन।
कंपनीका अनुसार अश्विन मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ती मुल्य रु.११.३० रहेको छ । यस किसिमकाे व्यवस्थित लगानी योजनामा लाभाशं पुनःलागनी हुने, सजिलै खरिद बिक्री हुने, इकाईको खरीद तथा बिक्री खुद सम्पत्ति मुल्यमा हुने बिशेषताहरु रहेको प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले बताएका छन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




