फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर सोमबारदेखि संचालनमा, ‘अब आशाको किरण जगाउँछु’ : डा.हिराचन

-



     सफल आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित



पोखरा, ३ मंसिर । पोखराको गैह्रापाटनमा रहेको फिष्टेल हस्पिटलमा सोमबारदेखि फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर संचालनमा आएको छ ।

फिस्टेल हस्पिटलको तेश्रो तल्लामा सेवा प्रारम्भ गरिएको फिष्टल आईभिएफ केन्द्रको आज बिहान फिस्टेल हस्पिटलका मेडिकल डिरेक्टर दिपेश कार्किले स्त्री तथा प्रसुती र बाँझोपन रोग विशेषज्ञ डा.अनु हिराचन, डा राजिब लालचनका साथमा रिबन काटेर शुभारम्भ गरेका हुन् । यसअघि शुभसाईतमा पूजा गरिएको थियो ।

म मेडिकल कलेजमा काम गर्दाखेरि मलाई बाँझोपनको विषयले निकै छोयो । धेरैजना दम्पितीहरुले बाँझोपनसंग संघर्ष गरिरहेको पाएँ । उहाँहरुको पर्याप्त उपचारको व्यवश्था भएको पाईन ।

उपचारको लागि पोखराबाट काठमाडौं जानुपर्ने, त्यहाँ पनि भएन भने विदेशमा जानुपर्ने, खर्च पनि बढ्ने लगायतका समस्याहरुको निराकरणको लागि मैले पोखरामै रहेर सेवा दिन र दम्पतीहरुलाई पोखरा बाहिर जानै नपर्ने अवश्था सिर्जना गर्नका लागि यो पहल गरेकी हुँ डा.हिराचनले भनिन् । हामीले अत्याधुनिक प्रविधि ल्याएका छौं । जो विश्वव्यापी रुपमा प्रचलित छ । उनले भनिन्, अब म पोखरामा आशाको किरण जगाउँछु ।

के बाँझोपनमै दम्पतीहरुले जिन्दगी गुजार्नु पर्ने हो त ? होईन यसको लागि केहि गर्नु पर्यो भन्ने लाग्यो र म यसको अध्ययनमा लागे । यो सेवा पोखराबाट सुरुआत भईसकेकोले धेरैभन्दा धेरे दम्पतीहरुलाई बाँझोपनको तनाबबाट मुक्त गराउने र उच्चस्तरको सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताईन् ।

पहिले पहिले दुईवटा, चारवटा बच्चाहरु पाएको पाईन्थ्यो । २०, २१ वर्षमा विवाह गर्ने चलन थियो । अहिले एउटा वा बढीमा दुईटामा सिमित भएको छ । कतिको त बच्चा नै छैन । कतिलाई आफ्नो कुरा भन्न नै गाह्रो भईरहेको पाएका छौं ।

हामी विभिन्न भूमिकामा रहेका छौं यसले पनि समय खर्च भएको छ । वंशानुगत कुराहरुले प्रभाव पारेका छन् । महिलाको उमेर ३० कटेपछि अण्डाको गुणस्तर घट्दै जाने र ४० कटेपछि पुरुषको शुक्रकिटको गुणस्तरमा कमि हुने गर्छ । यसले गर्दा निसन्तान हुने संभावना बढ्छ । यो अवस्थामा प्रविधिसंगको विशेष उपचार उद्धतीबाट सेवा दिन लागेको डा.हिराचनले बताईन् ।

अन्य देशको तुलनामा स्वदेशमै, अँझ पोखरामा धेरै सस्तो पर्छ । बाँझोपनसंग जोडिएका कुराहरु केके हुन र उपचार कसरी हुन्छ ? भन्दा डा.हिराचनले भनिन्, बाँझोपनको समस्या हटाउन समय मिलाएर औषधीको प्रयोग गर्ने, अर्को श्रीमानको शुक्रकिटको संख्या कम हुन्छ । त्यो अवश्थामा उनको शुक्रकिटलाई लिएर वास गरेर महिलाको पाठेघरमा राख्छौं ।

अर्को एडभान्स तरिका भनेको पाठेघरको नलि बन्द भयो भने र श्रीमानको शुक्रकिट एकदमै कम छ भने त्यो बेलामा आईभिएफ गरिन्छ । इन भिट्रो फर्टिलाईजेसन गछौं । अर्थात महिलाको अण्डाहरु निकालेर, श्रीमानको शुक्रकिटलाई मिलाएर इक्युभेटरमा राखेर पाँचदिनपछि पाठेघरमा राखिन्छ । यो प्राकृतिक जस्तै हो ।

मलाई लाग्छ यहाँ आएको खण्डमा कुनैपनि दम्पतीलाई बाँझोपनबाट मुक्त गराउने मेरो इच्छा छ र यो संभव पनि छ, त्यसैले म सेवा लागेकी छु । आउनुस् कसैलाई निरास हुनुपर्दैन, म आशाको किरण जगाउने बनाउछु डा.हिराचनले बताईन् ।