
काठमाडौं, ४ मङ्सिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (यूएनएफसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा नेपालको सहभागिता प्रभावकारी रुपमा भइरहेको बताएका छन् ।
उक्त सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सम्मेलनमा नेपालले प्राथमिकताका साथ आफ्ना मुद्दा उठाइरहेको र सोही विषयसँग सम्बन्धित विभिन्न उच्चस्तरीय भेटवार्तासमेत भएको बताए। उक्त सम्मेलनमा नेपाललाई जलवायु सङ्कटसँग जुध्नका लागि विभिन्न अनुदान उपलब्ध गराउनेलगायतका विषयमा सम्झौतासमेत भएका छन् ।
सम्मेलनमा मन्त्रालयलका सहसचिव धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदर्शीतामा अभिवृद्धिसम्बन्धी, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जिव राईले क्षमता अभिवृद्धि, धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दिपा ओलीले समावेशिताका विषयगत समूहको नेतृत्व गरी नेपालका तर्फबाट प्राविधिक विषयमा समेत भाग लिइरहेको उनले बताए।
सम्मेलनकै दौरानमा मन्त्री शाहीसँग बाङ्लादेशका वन, वातावरण र जलवायु परिर्वतनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विशेष सल्लाहकार सेल्विन हार्ट, ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्यूजीईओ) का अध्यक्ष सईद मोहम्मद अल ताएर, संयुक्त अधिराज्यका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्री, संयुक्त अधिराज्यका जलवायु परिवर्तनसम्बन्धी विशेष प्रतिनिधि रिचेल क्याथे, एसियाली विकास बैंकका महानिर्देशक रमेश सुब्रमन्यमलगायतको छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता भएको थियो ।
सो भेटवार्तामा मन्त्री शाहीले नेपालको हित र चासोका विषयका साथै आफ्ना मुद्दाका बारेमा समेत कुरा गरेको जानकारी गराए । कोप–२९ सम्मेलनमा अनुकूलन, हानिनोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास, अल्पविकसित राष्ट्रहरुको विषय, जलवायु प्रतिकार्य कार्यान्वयनको प्रभाव, पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लेखित मापन महासन्धिको दिर्घकालीन विश्वव्यापी लक्ष्य प्रगतिलगायत विषयमा छलफल बढी केन्द्रित भइरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




