९ एसएसपी डिआईजीमा बढुवा हुने, मन्त्रालयले गर्यो सिफारिस

-



     सफल आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ पुस । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एसएसपी गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआइजीमा सिफारिस गरेको हो ।